स्वास्थ्य बीमा लागू भएपछि स्थानियबासी सवैभन्दा बढी लाभान्वित

 

साउन १५, बिराटनगर ।  ‘स्वास्थ्यबीमा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७४’ लागू भएसंगै विभिन्न निकायले यसलाई कार्यन्वयनमा ल्याउन थालेका छन् । सरकारी स्तरमा मात्रै नभएर निजी अस्पतालहरुले पनि स्वास्थ्य बीमालाई प्राथामिकतामा राखेको पाइन्छ । 

पूर्वको बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पनि बीमा योजना प्रभावकारी बन्दै गईरहेको कलेजका अध्यक्ष डा.ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा गराउनेहरुको संख्या दैनिक बढ्दो छ । उनी भन्छन्, ‘समयमै स्वास्थ्य बीमा गराई राख्यो भने आपतकालिन अवस्थामा पैसाको लागि छट्पटिनु पर्दैन ।’ 

null

बुढी गंगा गाउँपालिका टंकीसिनवरी २ स्थित बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पनि ‘स्वास्थ्य बीमा सेवा’ को सुरुवात भएपछि यो सेवा लिने स्थानियको संख्या बढ्न थालेको छ । स्वास्थ्य बीमा  लागू भएपछि स्थानियबासी सवैभन्दा बढी लाभान्वित भएको अस्पतालले जानकारी दिएको छ । 

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि सरकारले थप सेवा दिन थालेको छ । उनीहरुले बर्षेनीएक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउन थालेका छन् । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ नागरिकको बिमाशुल्क सरकारले तिर्ने व्यवस्था गरेको छ । 

नियमावली अनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत परिवारका ५ जना सम्मले ३ हजार ५ सय रुपैँया तिरेर एक वर्षका लागि बिमा अन्तर्गत उपचार सेवा लिन सक्छन् । यस अघि यो २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमा अन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । एक हजार प्रिमियर बढाउँदा एक लाख वरावरको उपाचार गर्न पाइन्छ । प्रति परिवार दश हजारबाट २० हजार बरावरको उपचार गर्न पाउने व्यवस्था गरिएको छ । 

स्वास्थ्य बिमा बोर्डको आकलन अनुसार मुलुकमा ७० वर्ष माथीका करिब १० लाख जना छन् । नयाँ नियम अनुसार एउटा परिवारमा ५ जना भन्दा बढी सदस्य भए प्रत्येक सदस्य बापत ७ सय रुपैँया तिर्नुपर्छ । सदस्य संख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रुपैँया सम्मको बिमा गराउन पाउँछ । बिमांक रकम धेरै नहुने भएपनि स्वास्थ्य बीमा साक्षरतामा सरकारले ध्यान दिनभने सकेको पाइदैन् । 

यो रकम प्रायः सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । सरकारले पहिले नै निःशुल्क गरेको रोगको उपचार यथावत् छन् । बीमितर स्वास्थ्य संस्थाबीचको दूरी राम्रो बन्न सक्यो भने यो सेवा अझैं प्रभावकारी बन्ने देखिन्छ । स्वास्थ्य बीमा बोर्डले पनियसलाई प्रभावकारी ढंगले लैजानु पर्ने सुझाव सरोकारवालाहरुको छ । 

पहिलो पटक बीमा गरेको समयावधी एक वर्ष हुन्छ । अर्को वर्ष सेवालिन नवीकरण गराउनुपर्छ । जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०७२ चैत २५ गतेदेखि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । 

सरकारी वा निजी बीमितले नजिकैको पायक पर्ने स्वास्थ्य संस्थामा गएर बीमा फार्म भर्न सक्नेछन् । त्यहाँ उपचार हुन नसकेमा रिफरल प्रणाली मार्फत जिल्ला, अञ्चल, क्षेत्र वा केन्द्रीय अस्पतालमा उपचार गराउन पाइन्छ । गाउँका स्वास्थ्य संस्थामा उपचार र औषधी दुबै नहुँदा एकै पल्ट केन्द्रीय अस्पताल आउन चाहनेलाई पनि बीमा झन्झटिलो लाग्न सक्छ । स्वास्थ्य बीमाले विलासिताका चिजहरुमा बन्देज गरेको छ । जस्तै, प्लास्टिक सर्जरी, महङ्गा चश्मा,कानमा सुन्ने मेसिन र कुटपिट वारक्सी खाएर झगडागरी घाइते भएकाहरुले यो सेवा पाउँदैनन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *