संविधान रामायण होइन, जतिबेला पनि संशोधन हुन्छः सञ्चारमन्त्री बाँस्कोटा

 

साउन २१, जनकपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई संविधान संशोधनको आवश्यक्ता महशुस नभएसम्म संशोधन नहुने स्पष्ट पारेका छन् । 

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने उनको भनाइ छ । 

null

‘संविधान कुनै गीता, रामायण वा कुनै धर्म ग्रन्थ होइन । संशोधनको आवश्यक्ता भएमा, कुनै औचित्य पुष्टि भएमा सरकार जतिबेला पनि संविधान संशोधनका लागि तयार हुन्छ,’ उनले भने । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकार पाँच वर्षसम्म परिवर्तन नहुने पनि स्पष्ट पारे । वर्तमान सरकारले प्रगति, अग्रगति र सामाजिक न्यायलाई विशेष मुद्दा बनाइसकेका कारण अबको पाँच वर्षसम्म सरकारले विकासलाई मुख्यकेन्द्र बनाएर अघि बढ्ने उनको दाबी छ । 

बजेटको समयमै सदूपयोग गर्ने बाध्यात्मक व्यवस्था रहेकोले यस वर्षबाट विकास निर्माणका कार्यहरुले गति लिने उनको विश्वास छ । 

साथै उनले प्रदेश नम्बर दुईमा नेपाल रेल्वे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोर लगायतका परियोजनाहरु सञ्चालनमा ल्याएको पनि जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *