मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०७६ साउन २१ गते

साउन २१, दाङ । दाङमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट दाङको गढवा गाउँपालिका वडा नम्बर ५ निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको हो ।
सोनपुरुवाबाट प्रनाहामा रहेको ससुराली आउने क्रममा बाँकी चोकमा लु५प ९७११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
null
मोटरसाइकल चालक १८ वर्षीय रोहित चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








