अज्ञात समूहद्वारा चितवनको वडा कार्यालयमा आगजनी

भदौ ८, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १२ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।   

अपरिचित समूहले वडा कार्यालयको प्रशासन कोठामा शनिबार राति आगजनी गरेको हो । सो समूहले डिजेल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।   

आगजनीबाट प्रशासन कोठाको दराज, टेबल, केही कागजपत्र, कार्पेट जलेर नष्ट भएको वडाध्यक्ष बीर बहादुर पाख्रिनले जानकारी दिए ।   

Image result for आगजनी

अज्ञात समूहले कोठाको झ्याल फुटाएर आगजनी गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

बिहीबार राति चितवनकै राप्ती नगरपालिका वडा नम्वर ११ को वडा कार्यालयमा अज्ञात समुहले नै आगजनी गरेको थियो । आगजनीबाट वडा कार्यालयको एउटा कोठा पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।   

करिब एक महिनाअघि पनि चितवनकै कालिका नगरपालिका वडा नम्वर ३ को वडा कार्यालयमा पनि अज्ञात समुहले आगजनी गरेको थियो । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *