प्रिमियर लिगमा लिभरपुलको सानदार सुरुवात

 

साउन २५, एजेन्सी । अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा प्रभावशाली जित हात पारेको छ । 

घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुलले प्रिमियरसिप च्याम्पियन नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकालेको हो । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा लिभरपुलले रक्षापङ्ति चुस्त बनाउन सकेको थिएन । 

null

लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । एक गोल उपहार पाएको थियो । नर्विचका टिमु पुक्कीले एक गोल फर्काए । 

खेलको सातौ मिनेटमा नै लिभरपुलले ग्रान्ट हान्लेको आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो । १९औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दोब्बर बनाए । उनले रोवर्टाे फिर्मिनोको पासमा गोल गरेका थिए । २८औं मिनेटमा मोहम्मद सलाहको पासमा भर्जिल भान डाइकले गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बनेको थियो । 

 

खेलको ३९औं मिनेटमा लिभरपुलका पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर चोट बोक्दै मैदानबाट बाहिरिए । ४२औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा डिभोक ओरिगीले गोल गरेपछि लिभरपुल पहिलो हाफमै ४–० ले अघि बढेको थियो । 

लिभरपुलले पहिलो हाफमा गोल निकालेपनि डिफेन्समा निकै कमजोर देखिएको थियो । ६४औं मिनेटमा टिमु पुक्कीले गोल गर्दै अग्रता घटाउने प्रयास गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ४–१ ले विजयी हुन सफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =