विद्यार्थीकाे हकहितविरुद्ध पियू परीक्षा प्रणाली

 

साउन १९, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थीको हकहित विरुद्ध रहेको अध्ययनरत विद्यार्थीहरुले आरोप लगाएका छन् । 

सो विश्वविद्यालय अन्र्तगतको मोरङको गोठगाँउमा रहेको जिपि कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर (जिपीसिआर) मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो आरोप लगाएका हुन् । 

null

गएको मंसिर महिनामा सो कलेजबाट चौँथो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुले दिएको दोश्रो सेमिष्टरको परीक्षाको नतिजा अपेक्षा विपरीत आएपछि रि–चेकिङको माग गर्दा परीक्षा नियन्त्रण कार्यालयले रि–चेकिङको प्रावधान नभएको जनाएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् । 

जिपीसिआर स्टुडेण्ट टिमका सल्लाहकार अनुप चापागाईंले दोश्रो सेमेष्टरको प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर बिषयको परीक्षाको नतिजामा ८ जना विद्यार्थी अनुतिर्ण भएको नतिजा आएको जानकारी दिए । उनले फेल भएको नतिजा आएपनि सबै विद्यार्थीहरुले जाँच दिँदा परीक्षा राम्रो गएका कारण पास हुनुपर्नेमा विश्वस्त रहेको बताए । 

नतिजाबाट असन्तुष्ट विद्यार्थी र अभिभावकले सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा रि–टोटलिङ र रि–चेकिङको माग गर्न जाँदा रि–चेकिङ गर्न नमिल्ने तथा रि–टोटलिङ गर्न मिल्ने भएपनि ५ हजार रुपैयाँ बुझाउनुपर्ने बताएको जानकारी दिएका छन् । 

रि–टोटलिङ गर्दापनि वर्तमान ऐन कानुन विपरीत कबुलियतनामा गर्नुपर्ने दबाब सम्बन्धित कार्यालयले आफूहरुलाई दिएको उनीहरुको भनाइ छ । 

५ दर्जन बढी विद्यार्थीहरुसँगै अभिभावकहरुको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अभिभावक मोहन कार्कीले त्रिभुवन र पोखरा विश्वविद्यालयले रिचेकिङलाई अंगिकार गरिसकेको अवस्थामा पियुले मनोमानी गर्दै आएको दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + four =