ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

भाद्र २, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासँग आफ्नो तीन बर्षिय पार्टनरशिप नविकरण गरेको छ । यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १० एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ ।   

नविकरणसँगै चिनिया र यूरोपियली फुटबल क्लब बीच भएका सहकार्य मध्येकै सर्वाधिक लामो चार बर्षिय सफल गठबन्धनलाई पूनः निरन्तरता मिलेको छ ।   

‘एफसी बार्सिलोनासँगको सहकार्य अझ अघि बढाउन पाउँदा हामी गौरवान्वित छौँ । यो सहकार्यले दुबैको परिचयलाई ‘बारका’ किन क्लब भन्दा बढी र ओपोको परिचय स्मार्टफोन कम्पनीभन्दा किन बढी भन्ने प्रष्ट्याउन सघाएको छ ।’, ओपोका ओभरसिज बिजनेस अध्यक्ष तथा ग्लोबल उपाध्यक्ष एलेन वुले भने । 

नयाँ अध्यायको थालनी 

नविकरण गरिएको पार्टनरशिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान ईन्गेजमेन्ट क्रियाकलाप लगायत समाविष्ट छन् । अध्यावधिक गरिएको यो सहकार्यले ओपो–एफसी बार्सिलोनाको कथामा नयाँ अध्यायको थालनी गर्नेछ । 

पार्टनरशिपमा समाविष्ट यी कुराहरुले ‘बारका’ फ्यान्सलाई क्लब र ओपोका उत्पादनको नजिक ल्याउँदै विश्वास  लिइएको छ ।   

कम्पनीको ५जी र एआई क्षेत्रमा प्राविधिक नवप्रबर्तन र रिसर्च क्षमता बृद्धिका लागि ओपोले विश्वभर ईन्स्टिच्यूट खोल्ने क्रम जारी राखेको छ । साथै, ‘बारका’ ईन्नोभेसन हबका माध्यमबाट फुटबल मैदानमा नयाँ प्रविधिहरुको प्रयोगका बारेमा अनुसन्धान गरिरहेको छ । यसले दूबै पार्टनरहरुको नवप्रबर्तन र उत्कृष्टता प्रतिको एकिकृत दृढता प्रस्तुत गरिरहेको छ । त्यसैगरी, क्याम्प नोउपनि यूरोपकै पहिलो डेडिकेटेड ५ जी कभरेज सहितको स्टेडियम बन्ने तयारीमा रहेको छ । यो नुमना स्टेडियमले फ्यान्सलाई अझ सशक्त अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । 

विश्वकै पाँचौ ठूलो स्मार्टफोन ब्राण्डका रुपमा ओपो अहिले वैश्विक बजारका ४० भन्दा बढी बजारमा सञ्चालित छ । कम्पनीको अभिन्न ओभरसिज ब्राण्डिङ रणनीतिक तत्वका रुपमा रहेको यो सहकार्य मार्फत ओपो अहिले विश्वभरका २० करोड भन्दा बढी बारका फ्यान्ससम्म पहुँच बनाउन सफल रहँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *