कक्षा ११ मा भर्ना भइन‍् सांसद चौधरी

 

साउन २९, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज भर्ना भएकी छिन् । 

सांसद चौधरी २०७५ चैत १० गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए (बी प्लस) ल्याएर उत्तिर्ण भएकी थिइन् । यो वर्ष उनी नयाँ बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् । उनको रोल नम्बर ६२ हो । 

null

उनले दाङको महेन्द्र आधारभूत विद्यालय, तुलसीपुरमा सञ्चालित खुला विद्यालय बाट एसईई परीक्षा दिएकी थिइन् । सरकारी सामुदायिक विद्यालयहरुको पठनपाठनको स्तर वृद्धि गर्नका लागि आफू रत्नराज्यमा भर्ना भएको उनले बताइन् । 

अध्ययनबिना केही सम्भव नहुने भन्दै सांसद चौधरीले आफ्नो पढाइ अघि बढाएकी हुन् । पीएचडी गर्ने उनको लक्ष्य छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =