पोखरामा सवारी दुर्घटनामा परि २ को मृत्यु, ३ जना घाइते

भदौ, १२ कास्की । पोखरामा बुधबार राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

प्रहरीका अनुसार ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।   

बुधबार राति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा मिनीभ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग३च १४२२ नम्बरको मिनीभ्यान र बा९४प १७०५ नम्बरको मोटरसाइकल राति करिब ९ः४५ बजेतिर एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *