खैरहनी नगरपालिकाको एक्सन– गुनासो आएलगत्तै अनुगमन

 

साउन २६, चितवन । अखाद्य वस्तु मिसिएको खानेकुराका कारण विद्यार्थीहरु बिरामी पर्न थालेपछि खैरहनी नगरपालिकाले विद्यालय वरिपरिका होटल तथा पसलहरुको आइतबार अनुगमन गरेको छ । 

खैरहनी माध्यमिक विद्यालयका विद्यार्थीहरु बिरामी परेको गुनासो आएपछि तत्कालै नगरपालिकाले विद्यालय वरिपरीका पसलहरु अनुगमन गरेको हो । 

null

अखाद्य वस्तु मिसिएको खानेकुरा उपभोग गर्दा विद्यार्थीहरु विरामी परेको विद्यालयले नगरपालिकालाई जानकारी गराएको थियो । 

विद्यालयको गुनासो आएलगत्तै वरिपरिका खाजा पसल, चटपट पसल, किराना पसलमा अनुगमन गरिएको खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए । विद्यालय वरिपरिको पसलहरु नियमित अनुगमनको आवश्यकता महसुस गरिएको उनले बताए । 

खैरहनी नगरपालिका ६ का वडाध्यक्ष एवंम् नगर प्रवक्ता रामशरण पाण्डेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पेय पदार्थको मिति सकिएको, भान्छा फोहोर रहेको, खाद्य वस्तु ३,४ दिन सम्म पनि बिक्रीमा राखेको पाइएको थियो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधी समेत उपस्थितीमा गरिएको अनुगमनका क्रममा पहिलो चरणमा पसल धनीहरुलाई सरसफाई लगायतका विषयमा सचेत गराइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *