एशेज सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

एजेन्सी । एशेज सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको छ । टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङ्ल्यान्डलाई २५१ रनले पराजित गरेको हो । खेल जित्न ३९८ रनको लक्ष्य पाएको इङल्यान्ड केबल १४६ रन बनाएर अलआउट भएपछि अस्ट्रेलिया भारी अन्तरले विजयी भएको हो । 

इङल्यान्डको दोस्रो इनिङ ध्वस्त बनाउन अस्ट्रेलियाका स्पिनर नाथन लियोनले ६ विकेट लिए । भने, पाट कमिन्सले ४ विकेट लिए । अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्दै २८४ रन बनाएको थियो । इङल्यान्डले पहिलो इनिङमा ३७४ रन बनाउदै अस्ट्रेलियामाथि पहिलो इनिङ ९० रनको अग्रता बनाएको थियो । 

 

null

अस्ट्रेलियाले दोस्रो इनिङमा ४८७ रन बनाएर इङल्यान्डलाई जितका लागि ३९८ रनको लक्ष्य दिएको थियो । पहिलो खेलमा तीन खेलाडीले शतक बनाए । अस्ट्रेलियाका स्टिभ स्मिथले दुवै इनिङमा शतक बनाएका थिए । स्मिथले पहिलो इनिङान १४४ र दोस्रोमा १४२ रन बनाए । 

त्यस्तै, अस्ट्रेलियाका म्याथ्यु वाडेले दोस्रो इनिङमा ११० रन बनाएका थिए । इङल्यान्डका रोरी बर्नसले पहिलो इनिङमा १३३ रन बनाएका थिए । अस्ट्रेलियाका बलर नाथन लियोनले कुल ९ विकेट लिए । अस्ट्रेलियाकै पाट कमिन्सले ७ विकेट लिए । 

यसैगरी इङल्यान्डका स्टुअर्ट बोर्डले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङान एक विकेट लिएका थिए । अस्ट्रेलियाका स्टिभ स्मिथ प्लेयर अफ दी म्याच घोषित भए । एसेजको दोस्रो खेल अगष्ट १४ देखि सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =