आचार्य बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी, जाँदाजाँदै ६० करोडको खेल, अब अर्को सिकार आरक्ष

भदौ १२, काठमाडौँ । नेपाल समाचार पत्रले आज आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको विषयमा समाचार लेखेको छ । नेपाल समाचार पत्रका अनुसार केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो ।   

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताए । 

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौं १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल नेपाल आउन लागेका हुन् ।   

null

आजको कान्तिपुर दैनिकले संवैधानिक आयोग रित्तै शर्षकमा मूख्य समाचार छापेको छ । कान्तिपुरका अनुसार ललितपुरको पुल्चोकस्थित श्रमहल हातामा आदिवासी जनजातीको कार्यालय स्थापना भएको ११ महिना पुगिसकेको छ । दुईतले भवनको भुँइतलामा अध्यक्षसहित पाँच सदस्यका निम्ति कार्यकक्ष तयार गरिएका छन् ।   

पदाधिकारी र सदस्यका निम्ति पाँचवटा ‘फोर्ड’ गाडी गत असारमै किनीयो । कर्मचारी पनि छन् । आयोगका चालक धनबहादुर तामाङ प्रत्येक दिन कार्यालय आएर हरेक १५ मिनेट गाडी स्टार्ट गर्छन् । ‘यसो नगरे नयाँ गाडी खियाँ लाग्छ’ बुधबार कार्यालय हातमा भेटिएका उनले भने,‘जुनसुकै बेला पदाधिकारी नियुक्त भएर आउनुहुन्छ भन्न सुनिन्छ । दुई महिनाभन्दा बढी भइसक्यो ।’ तर अहिलेसम्म पदाधिरकारी नियुक्त भएका छैनन् । 

आयोगमा ३० कर्मचारीको दरबन्दी छ । सदस्यसचिव देवीराम भण्डारीले उमेर हदका कारण गत साता अवकाश पाएका छन् भने दुई उपसचिवसहित १० जना कार्यरत छन् ।   

कान्तिपुर दैनिकले अर्को समाचार छापेको छ जाँदाजाँदै विवादास्पद निर्णयः ६० करोडको खेल शीर्षकमा । कान्तिपुरका अनुसार त्रिभूवन विश्वविध्यालयका निवर्तमान उपकुलपति तिर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुने गरी विवादास्पद निर्णय गरेको भेटिएको छ ।   

निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्न गर्ने बाटो खोलेका हुन् । यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरुले हालैको अवस्थामा एक शैक्षिक सत्रमा कम्तिमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् ।   

कान्तिपुर दैनिकमै अर्को समाचार छ  अबको अर्को सिकार आरक्ष शीर्षकमा । जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ ।   

यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =