३ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, घाँटी रेटेर हत्या

 

                                                     बच्चीलाई उठाएर लैजाँदै अभियुक्त 

साउन १७, नयाँ दिल्ली । २५ जुलाईको रातको साढे ११ बजेतिर सलमा (नाम परिवर्तन) आफ्नो ३ वर्षीय छोरीका साथ टाटानगर रेलवे स्टेशन (जमशेदपुर) मा सुतिरहेकी थिइन् । सोही समयमा काला र सेतो कमिज लगाएका दुई मानिसमध्ये एक जनाले उनको छोरी उठाएर लगे । 

null

ती व्यक्ति बालिकालाई लिएर अर्को ढोकाबाट निस्किए । पछि ती बालिकाको शिर काटिएको अवस्थामा शव फेला पर्यो । 

प्रहरीका अनुसार दुई शंकास्पद व्यक्तिले सामुहिक बलात्कारपछि घाँटी रेटेर हत्या गरेका थिए । दुवै अभियुक्त पक्राउ परिसकेका छन् । उनीहरुले आफ्नो अपराध स्वीकार गरिसकेको जमशेदपुरका एसपी (रेलवे) डा. एहतेशाम वकारीवले बीबीसीसँगको कुराकानीमा पुष्टि गरे । 

डा. एहतेशामले भने, ‘बच्चीकी आमाले २६ जुलाईको बिहान टाटानगर रेल थानामा आफ्नो बच्ची हराएको रिपोर्ट दर्ता गरेकी थिइन् । रिपोर्टमा उनले आफ्नो पुरुष साथीमाथि बच्चा अपहरणको आशंका गरेकी थिइन् ।’ 

महिलाले प्रहरीलाई दिएको बयान अनुसार ती व्यक्तिहरु बंगालको झालदाबाट सँगै हिँडेका थिए । उनीहरुलाई ओडिशा जानु थियो । यसै शिशिलामा ती महिला आफ्नो बच्ची र साथीका साथ स्टेशनमा रोकिएकी थिइन् । 

एसपी एहतेशामले भने, ‘प्रहरीले बच्चकी आमासँग लिएको बयानका आधारमा उनका पुरुष साथीको गिरफ्तार गरेका थिए । तर ती व्यक्ति केही बताउन सकिरहेका थिएनन् । प्रहरीले स्टेशनमा लगाइएको सीसीटीभी रेकर्ड हेरेपछि सबै कुरा खुलेको हो ।’ 

तस्वीरका आधारमा प्रहरीले यस अपराधमा सामेल रिंकु साव र उनका साथी कैलाश कुमारलाई नियन्त्रणमा लिएको हो । 

रामाधीन बाग इलाकाबाट बच्चीको शव पनि बरामद भइसकेको छ । बच्चीकी आमाले शव पहिचान गरिसकेकी छिन् । 

कैलाशका तीन बच्चा छन् । तीमध्ये एक नाबालिक छोरी पनि छिन् । कैलाशको हरकतका कारण उनकी पत्नी पछिल्लो एक वर्षदेखि छुट्टीएर बसेकी छिन् । 

बच्चीका मामा भन्छन्, ‘नाजिया (नाम परिवर्तन) मेरी बहिनीकी एकमात्र सन्तान हुन् । जब उनी आफ्नी आमाको गर्भमा थिइन्, त्यही बेला उनका पिताले मेरी बहिनीसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यही बेलादेखि उनी हामीसँग बस्दै आएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *