प्रधानमन्त्रीलाई ज्वरो आएपछि शुक्रबारलाई सर्यो सचिवालय बैठक

 

साउन ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज दिउँसो ४ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

null

आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय, विभाग र विशेष कमिटीबारे छलफल हुने बताइएको थियो । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली विरामी परेपछि बैठक स्थगित भएको हो । 

यसअघि मंगलबार तयारी नपुगेको भन्दै बुधबारका लागि स्थगित गरिएको बैठक बुधबार पनि बस्न सकेको थिएन । 

अन्य विभागको टुंगो लागेपनि स्कूल विभागको कुरा नमिल्दा तथा सबैले आ–आफ्नो अडान कायमै राख्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको हो । विभागको टुंगो नमिल्दा पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *