ट्रकको ठक्करबाट बालकको मृत्यु
२०७६ साउन २१ गते

साउन २०, विराटनगर । संखुवासभामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका–३ का धनराम अधिकारीको ४ बर्षीय छोरा आदित्य अधिकारीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
null
आज बिहान ९ः४० बजेको समयमा कोशी राजमार्ग अन्तरगत टुटेदेउरालीबाट खाँदवारी तर्फ जाँदै गरेको ना४ख २९०० नम्बरको ट्रकले ठक्कर दिँदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित








