सुपर कपको उपाधि लिभरपुलको पोल्टामा चौथो पटक

साउन ३०, एजेन्सी । लिभरपुलले यस वर्षको पनि यूईएफए सुपर कपको उपाधि हात पारेको छ । लिभरपुलले चौथो पटक सुपर कपको उपाधि हात पार्न सफल भएको हो । फाइनल खेलमा फ्रांक लाम्पार्डको टिम चेल्सीलाई पेनाल्टीमा ५–४ गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि चुमेको हो ।
टर्कीको स्तानबुलमा सम्पन्न खेलमा दुवै टिमले निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा दुई–दुई गोलको बराबरी खेलेका थिए । तर, खेलको ३६ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा एक गोलले अगाडि रहेको चेल्सीविरुद्ध लिभरपुलका तर्फबाट साडियो मानेले ४८ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाउन सघाए ।
फेरि ९५ औं मिनेटमा लिभरपुलले अग्रता बनायो । त्यसपछि ९० मिनेटसम्म दुवै टिमबाट गोल नभएपछि निर्धारित खेल अतिरिक्त समयमा धकेलियो ।
null
अतरिक्त समयको खेलअन्तर्गत १११ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्न सफल भए । खेल दुई दुईको अवस्थामा पुगेका बेला अरु गोल नभएपछि टाइब्रेकरमा धकेलियो । जसमा लिभरपुलले पाँच गोल गर्दा चेल्सीका केभिन अब्राहिमको प्रहार लिभरपुलका गोलकिपर एड्रियनले बचाए ।
पेनाल्टीमा लिभरपुलका रोबर्टो फेरमिन्हो, फाबिन्हो, ओरिगी, एलेक्सान्देर आर्नोल्ड र मोहम्मद सलाहले गोल गर्न सफल भए । यता चेल्सीका जोर्गिन्हो, र्बाक्ले, मोउन्ट र इमिरसनले गोल गर्दा अब्राहमका प्रहार रोकिन पुगेको थियो ।
प्रिमियर लिगमा पनि बलियो सुरुवात गरेको लिभरपुलले सुपर कपको उपाधि चौथो पटक उचाल्न सफल भयो ।








