प्रधानमन्त्री आज दिउँसो सिंगापुर जाँदै

भाद्र ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ः३० को समयमा पुनः थाइ एयरको विमानबाट  सिंगापुर जाने भएका छन् । 

११ औँ दिन अघि मात्र सिंगापुरमा स्वास्थ्य जाँच गरी स्वदेश फर्केका प्रधानमन्त्री ओली डाक्टरको सल्लाहमा पुनः स्वास्थ्य जाँच गर्न   सिंगापुर जान लागेको हो ।   

यो भन्दा अगाडी  साउन १८ गते  सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य जाँच गरी उनी साउन २७ गते मात्रै स्वदेश फर्किएका थिए । 

Image result for प्रधानमन्त्री

उच्च स्रोतका अनुसार यसपालीको प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लामो हुने सक्ने बताईएको छ ।   

 सिंगापुरबाट स्वास्थ्य परीक्षण गरी फर्केका प्रधानमन्त्री ओलीकाे मिर्गौला प्रत्यारोपणपछि खाइरहेको औषधि परिवर्तन गरेर पछिल्लो पटक सिंगापुरमा गएका बेला खान शुरु गरेको नयाँ औषधिको असर हेर्ने र त्यो असफल भएमा नयाँ मिर्गौला प्रत्यारोपण गर्ने सम्भावना देखीको हुनाले त्यसका लागि उनले सिंगापुरमा धेरै समय सम्म रहनु पर्ने भएकोले यसपालीको उनको सिंगापुर बसाई लामो समय सम्म हुन सक्ने बताईएको छ ।   

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा उनले आफ्नो स्वास्थ्यकाे बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका थिए ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *