प्रि-सिजन फुटबलमा नापोलीको लज्जास्पद हार, बार्सिलोनाले ४-० गोलले हरायो

साउन २६, एजेन्सी । प्रि–सिजनअन्तर्गतको फुटबल खेलमा स्पेनिस बार्सिलोना इटालियन क्लब नापोलीसँग फराकिलो गोत अन्तरले विजयी भएकको छ । अमेरिकामा भएको दोस्रो खेलमा बार्सिलोनाले नापोलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरिमा सकिएको थियो भने दोस्रो हाफमा बार्सिलोनाको तर्फबाट फरवार्ड खेलाडी एन्टोनी ग्रीजम्यानले पहिलो गोल गरे भने लुइस स्वरेजले २ गोल र उसामान डेम्बेलेले १ गोल गरेर फराकिलो गोल अन्तरमा जित दिलाए । 

खेलको ६३ औँ मिनेटमा डेम्बेलेले चोथो गाले गरेपछि दुवै तर्फबाट कुनै पनि गोल नगरि खेल सकिएको थियो । यसअघि ३ दिनपहिले भएको खेलमा पनि नापोलीलाई बार्सिलोनाले २–१ गोल अन्तरले हराएको थियो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *