सिंगापुरबाट फर्किएका प्रधानमन्त्रीको जवाफः ‘मेरो स्वास्थ्य हेर्दै थाहा भइहाल्यो होला नि’

 

साउन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरी आज स्वदेश फर्किएका छन् । थाई एयरवेजको जहाजबाट प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको हो । 

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा नेकपाका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सञ्चाकर्मीहरु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए । उनले विमानस्थल पुगेका सञ्चारकर्मीहरुलाई प्रधानमन्त्रीले कुनै प्रतिक्रिया दिएनन् । ‘मेरो स्वास्थ्य अवस्था हेर्दै थाहा भइहाल्यो होला नि’ मात्रै भने । 

null

नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनको अवस्था अहिले सामान्य रहेको तथा स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

प्रधानमन्त्रीका टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *