नेकपा सचिवालय बैठक बस्दै, टुंगिएला विभाग ?

साउन २९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक आज (बुधबार) बस्दैछ । 

पटक–पटक स्थगित हुँदै आएको बैठक हिजो पनि बस्दै नबसी स्थगित भएपछि आजलाई बैठक डाकिएको हो । बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यसअघि १३ साउनमा बसेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन बारे छलफल भएको थियो । साथै केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन समेत दिइएको थियो । 

null

त्यसपछि बस्ने भनिएको बैठक स्थगित हुँदै आएको छ । स्कूल विभाग कसलाई दिने भन्ने विषयमा लामो समयदेखिको विवाद कायमै छ । 

स्कूल विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दावी गर्दै आएका छन्। 

अन्य विभागको टुङ्ग्यो लागेपनि स्कूल विभागको कुरा नमिल्दा तथा सबैले आफ्नो अडान कायमै राख्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको हो । विभागको टुंगो नमिल्दा पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *