भारत पढ्न जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

 

भर्खरै कक्षा १२ को नतिजा सार्बजनिक भएपछी भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरु त्यसको तयारीमा जुटेका छन् । भरपर्दो शैक्षिक परामर्श र भारतमा अध्ययन गर्न जाँदा अपनाउनुपर्ने साबधानी र कानुनी प्रकृयाका बारेमा जानकार नहुँदा वर्षेनी थुप्रै नेपाली विद्यार्थीहरुको भविष्यनै ओझेलमा पर्ने गरेको छ । सही शैक्षिक परामर्श र कानुनी प्रकृयाका बारेमा जानकारी नहुँदा विद्यार्थीहरुले विभिन्न किसिमका समस्याहरुको सामना गर्नु परेको हो । आज हामी भारत अध्ययन गर्न जाँदा गर्नुपर्ने आवश्यक प्रकृया र साबधानीका विषयमा विराटनगर स्थित इडुमार्क कन्सल्टेन्सीको सहकार्यमा यो जानकारी प्रस्तुत गर्दैछौं । 

 

null

शैक्षिक परामर्श दिइने भन्दै विभिन्न कन्सल्टेन्सिहरु छ्याप्छ्याप्ती छन् । भर्नाको समयमा मात्र देखापर्ने गैर कानुनी रुपमा सञ्चालित कन्सल्टेन्सिहरुले विद्यार्थी र अभिभावकलाई विभिन्न प्रलोभनमा पारि भारत पढ्न पठाईसके पछी वेपत्ता जस्तै बन्ने गरेको पाईन्छ । कतिपय विद्यार्थी भारतमा गएर ठुलो धनराशी खर्च गरेर अध्ययन गरेपछी त्यसको नेपालमा कुनै मान्यता नहुन सक्छ । जस्तो पायो त्यस्तै कन्सल्टेन्सीको भरपरेर भारत जाँदा विद्यार्थीको भविष्यनै अन्यौल बन्नसक्छ । त्यसर्थ पछी पछुताउनु भन्दा बेलैमा मान्यता प्राप्त सहि परामर्श संस्थाबाट परामर्श लिएर अगाडी बढ्नु उत्तम हुन्छ । त्यसका लागि विराटनगर संसारीमाईस्थान स्थित इडुमार्क प्रा.लि. सहि विकल्प हो । जहाँ सम्पर्क गरेर उचित परामर्श लिन सकिने छ । 

नेपाल सरकार शिक्षा मन्त्रालयबाट तालिम प्राप्त प्रमाणपत्र लिएका र आधिकारिक निकायमा दर्ता भएर सञ्चालन भएका शैक्षिक परामर्श दाताहरुबाट मात्र जहिल्यै पनि शैक्षिक परामर्श लिएर भारत पढ्न जानुपर्छ । अन्यथा भर्नाको सिजनमा देखा पर्ने र फेरी हराउने कन्सल्टेन्सिहरुको प्रलोभनमा पर्दा विद्यार्थीहरु समस्यामा पर्छन् । घर–घर आएर विद्यार्थी अभिभावकलाई प्रलोभनमा पारेर भारत पठाउने त्यस्ता व्यक्ति वा कन्सल्टेन्सीबाट भारतमा अध्ययन गरेर नेपाल फर्किएपनी त्यो शैक्षिक प्रमाणपत्रले नेपाली मान्यता नपाउन सक्छ । यीनै समस्याहरुबाट बच्न र ढुक्कले भारतमा पढेर नेपालमा आएर उज्वल भविष्य बनाउनका लागि सहि शैक्षिक परामर्श छनौट गर्नुपर्छ । यसका लागि विराटनगर संसारीमाईस्थान स्थीत इडुमार्क प्रा.लि. विद्यार्थीका लागि सहि गन्तब्य हो । 

 

जुनसुकै विषय अध्ययनका लागि भारत जाँदा त्यहाँको शैक्षिक सत्रका विषयमा जानकार हुनै पर्दछ । भारतमा सरकारी विश्वविद्यालय र ती विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको अन्तिम एड्मिसन मिति अगष्ट १५ हो । त्यसैगरी नीजि विश्वविद्यालय र तिनिहरुबाट सम्बन्धन प्राप्त कलेजहरुको अन्तिम भर्ना मिति सेप्टेम्बर अन्तिम सम्म हुन्छ । भारत पढ्न जाँदा यो विषय ख्याल गर्नुपर्छ । जसको विस्तृत जानकारीका लागि इडुमार्कमा सम्पर्क गर्न सकिनेछ । 

 

जुन संस्था वा कलेजहरु भारतमा रहेका छन् तिनिहरु मान्यता प्राप्त छन् वा छैनन विचार गर्नुपर्छ । किनकि कानुनी मान्यता प्राप्त भएकाहरु अध्ययनका लागि सहि हुन्छन् । जसमा अध्ययन गर्दा अध्ययन पश्चात र अध्ययन अवधीभर कानुनी तथा व्यवहारिक समस्या आउँदैनन् । विश्वविद्यालय अन्तर्गत UGC (प्राविधिक कोर्षहरुका लागि), AICTE को मान्यता छैन भने त्यस्ता कलेजहरु गलत हुन् । यस बाहेक कलेजहरुको श्रेणीक्रम दिने सस्थाहरु NIRF, NAAC, NBA तथा सम्बन्धित काउन्सीलमा दर्ता भएको हुनैपर्छ । उदाहरणका लागि नर्सिङ विषय भए नर्सिङ काउन्सीलमा र इन्जीनियरिङ भए इन्जीनियरिङ काउन्सीलमा दर्ता भएको हुनुपर्छ । जसको पुर्ण सहि विवरण इडुमार्कबाटै प्राप्त गर्न सकिनेछ । 

यो विषय भारतमा पढ्न जाँदा नेपालमै सम्बन्धित काउन्सीलको इन्ट्रान्स परीक्षा दिएर उत्तिर्ण गरेको हुनुपर्दछ । तत् पश्चात शैक्षिक प्रमाणपत्र र प्रोभिजनल एड्मिसन लेटरको फोटोकपी तथा सक्कलप्रती नेपाल स्थित NHPC मा निवेदन दिएर त्यहाँको पत्र प्रोभिजनल एड्मिसन लेटर तथा इन्ट्रान्स परीक्षा उत्तिर्ण गरेको ३ महिना भित्रमा लिइसक्नु पर्छ । अन्यथा भारतमा पढेर आएपनी त्यसको कुनै मान्यता नरहने शिक्षाविद ए.के. दासको भनाइ छ । केही विषयमा NOC अनिवार्य गरिएको छ भने केही विषयमा अनिवार्य छैन । व्यवस्थापन र इन्जीनियरिङ सम्बन्धी विषयमा हाल अनिवार्य छैन तर सरकारले निकट भविष्यमै अनिवार्य लागु गर्ने योजना बनाएको दासले बताए । त्यसैले यो तयारी गरेर जाँदा मात्र विद्यार्थीलाई राम्रो हुने उनको सुझाब छ । 

 

भारतका विश्वविद्यालय नेपालको त्रिभुवन विश्वविद्यालयसँग वरावरीको सम्बन्ध स्थापित भएको हुनुपर्छ । नयाँ विश्वविद्यालयको हकमा कम्तीमा भारतीय र नेपाली विश्वविद्यालयसँग MOU भएको हुनुपर्दछ । साथै कलेजको सन्दर्भमा अध्ययन गरेको विषय भारत तथा नेपालमा पनि सम्बन्धित काउन्सीलबाट सम्बन्धन प्राप्त भएको समेत हुनुपर्दछ । यी कुराहरु नभएको खण्डमा अध्ययन पश्चात पनि शैक्षिक प्रमाणपत्रले मान्यता नपाउन सक्छ । त्यसैले यसका लागि इडुमार्कसँग सहिपरामर्श लिन सकिनेछ । 

नेपाल सरकारको शिक्षा मन्त्रालय, इक्यान र टिआई टिआईबाट स्वीकृती प्राप्त गरेर करिब ७ वर्षअघि स्थापना भएको इडुमार्कले (प्राइभेट एस.इ.इ.), शैक्षिक परामर्श, प्रवेश(इन्ट्रान्स) परीक्षा र विभिन्न विषयको तालिम प्रदान गर्ने गरेको छ । ५ जना लेक्चरर सहितको टिमबाट सुरु भएको इडुमार्कले भारतका विभिन्न शहरका ख्यातिप्राप्त विश्वविद्यालयहरुका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । 

 

उक्त कन्सलटेन्सी मार्फत पढ्न गएका विद्यार्थीहरुलाई राम्रो सेवा प्रवाह गरिरहेपछी अहिले नेपालका अधिकांश जिल्लाहरुबाट विद्यार्थी तथा अभिभावकहरु शैक्षिक परामर्श लिन इडुमार्कनै पुग्ने गरेका छन् । इडुमार्क मार्फत पढ्न गएका विद्यार्थीहरु कुनै समस्यामा नपरि गुणस्तरीय शिक्षा आर्जन गरेर उज्वल भविष्य बनाएपछी विद्यार्थीका अभिभावकहरुले अन्य विद्यार्थी तथा अभिभावकलाई इडुमार्कमै जान सल्लाह दिने गरेका छन् । ‘अकबरी सुनलाई कसि लाउनु पर्दैन’ भनेझैँ विश्वसनीय इडुमार्कबाट विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुले नै इडुमार्कको स्वतः प्रचार गर्ने गरेका छन् । 

७ वर्षको अवधीमा इडुमार्क नेपालमै उत्कृष्ट, अब्बल, विस्वासीलो कन्सलटेन्सिका रुपमा स्थापीत भएको छ । इडुमार्कबाट सयौं विद्यार्थीहरु भारत अध्ययनका लागि गएका छन् भने थुप्रैले सिम्याटको तयारी गरी नाम निकाल्न सफल भएका छन् । त्यति मात्र नभई इडुमार्कबाट धेरैले प्राइभेट एसएलसी÷एस.इ.ई परीक्षा समेत उत्तिर्ण गरि उच्च शिक्षालाई निरन्तरता दिएको इडुमार्कका निर्देशक कविराज पौडेलले जानकारी दिए ।उनले इडुमार्कबाट भारत पढ्न गएका कुनै पनि विद्यार्थीमा समस्या नआएको दावी गरे । इडुमार्कले जुन विद्यार्थी जुन क्षेत्रका लागि योग्य छ सोही विषयको करियर काउन्सेलिङ समेत गर्दछ । 

इडुमार्कबाट विद्यार्थीहरुले ब्रिजकोर्षको तयारीसँगै विभिन्न भाषाको ज्ञान हासिल गरेर विभिन्न मुलुकहरुमा उच्च शिक्षा अध्धयनका लागि जान सक्छन् । इडुमार्कले जापान, अष्ट्रेलिया, न्युजील्याण्ड, साइप्रस र माल्टाका लागि समेत काम गर्ने गर्दछ । इडुमार्कबाट सेवा लिन चाहनेहरुका लागि देशका काठमाडौं, चितवन, पोखरा, दमक, विर्तामोड, इनरुवा, लाहान, रंगेलीलगायतका शहरमा समेत सम्पर्क कार्यालयहरु रहेका छन् । 

इडुमार्क प्रदेश नं. १ कै सबैभन्दा बढी विस्वास गरिएको शैक्षिक परामर्श केन्द्र हो । यस संस्था मार्फत विद्यार्थीहरुले पढ्न चाहेको विषय, भविष्यका लागि राम्रो हुने विषय र विभिन्न देशका उत्कृष्ट विश्वविद्यालय र कलेजका बारेमा मान्यता प्राप्त काउन्सलरबाट पर्याप्त जानकारी हासिल गर्न सक्छन् । शैक्षिक परामर्श पश्चात भारत पढ्न जाने विद्यार्थी तथा तिनका अभिभावकहरुलाई आफै लिएर जाने गरेको इडुमार्कले अध्ययन अवधि तथा अध्ययन पश्चात विद्यार्थीलाई रोजगारीका अवसर छनौट गर्न सहयोग गर्ने गर्दछ । 

 

सो अवधिमा विद्यार्थीलाई कुनै समस्या परे इडुमार्कबाट तत्काल समाधान गरिने भएकैले आज इडुमार्क प्रदेशकै सर्वोत्कृष्ट शैक्षिक परामर्श संस्था बनेको इडुमार्कका निर्देशक दाशले बताए । उनका अनुसार भारतका बैंगलोर, हैदराबाद, हरियाणा, चण्डीगढ, हिमाञ्चल, देहरादुन, तिरुपति, दिल्ली, दिल्ली एनसीआर तथा जापान, अष्ट्रेलिया, न्युजील्याण्ड, साइप्रस र माल्टा लगायतका देशका लागि इडुमार्कले काम गर्दै आइरहेको छ । 

इडुमार्कबाट भारत पढ्न जान शैक्षिक परामर्श सेवा लिनका लागि मोवाईल नं. ९८५२०३९०३९, ९८०२७२४८२३ मा र इमेल मार्फत [email protected], [email protected][email protected] सम्पर्क गर्न सकिने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *