साफ यू–१५ महिला च्याम्यिनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्दै

 

साउन २५, काठमाडौँ । भुटानको थिम्पुमा हुन लागेको साफ अण्डर १५ उमेर समूहको महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाले पहिलो खेल भारतसँग खेल्ने भएको छ । आगामी अक्टोबर ९ तारिखदेखि हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमै भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो । 

साउथ एसियन फुुटबल महासंघले शुक्रबार खेल तालिकामा सार्वजनिक गरेको उल्लेख छ । खेल तालिका अनुसार भारतसँगको पहिलोखेलपछि नेपालले दोस्रो प्रतिस्पर्धा अगस्ट ११मा बंगलादेशसँग खेल्ने छ । 

null

अन्तिम खेल भने घरेलु टिम भुटानसँग खेल्ने छ । प्रतियोगिताका अन्तिम खेल अगस्ट १५ मा हुने छ । उक्त प्रतियोगितामा नेपालसहित ४ देशले भाग लिने महासंघले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *