फ्रेन्च लिग वान फुटबलः पीएसजीको सानदार जित, निमेज ३–० गोल अन्तरले पराजित

साउन २७, एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा पीएसजीले सानदार जित हात पारेको छ । साविक लिग विजेता पीएसजीले निमेजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

आइतबर राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीकातर्फबाट खेलको २४ औँ मिनेटमा इडिसन काभानीले सुरुवाती १ गोल गरे भने ५६ औँ मिनेटमा केलियन एमबाप्पले अर्को गोल गर्न सफल भए । 

खेलको ६९ औ मिनेटमा एन्ज डी मारियाले गरेको गाले नै अन्तिम गोल हुन पुग्यो । त्यसपछि दुवै टिमका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि पीएसजी ३–० गोलको फराकिलो अन्तरले विजयी भएको हो । सिजनको पहिलो खेलमा पीएसजीका टोलीका स्टार फरवार्ड नेइमारलाई टोलीमा राखिएको थिएन । 

null

यो जितपछि पीएसजीले पहिलो खेलबाट ३ अंक बटुलेर लिगको दोस्रो स्थानमा पर्न सफल भएको छ । शीर्ष स्थानमा भने लियोन रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *