आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको गुनासो

 

साउन १९, काठमाडौं । आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताइएको छ । 

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ मोरङको अधिवेशन तथा उद्घाटन सत्रका सहभागीहरुले यस्तो बताएका हुन् । 

null

कार्यक्रममा बोल्दै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश १ का सचिव जिपी तिवारीले आयुर्वेद चिकित्सा पद्धति छायामा परेको गुनासो गरे । उनले यसका लागि सरकारी निकायलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे । 

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयुर्वेद चिकित्सा पद्धति संकटमा परेको बताउँदै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य जिवन अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । उनले जिल्ला आयुर्वेद अस्पतालका लागि प्रदेश सरकारले आवश्यक नीति नियम बनाएर अगाडि बढेको बताए । 

मन्त्री घिमिरेले प्रदेश १ मा ३ वटा आयुर्वेद केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको र प्रदेशमा भएका सबै जडीबुटीको सुचीकरण गर्ने र वैद्यखाना सञ्चालन गर्ने योजना रहेको पनि बताए । कार्यक्रममा आयुर्वेद क्षेत्रमा लामो समयसम्म योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *