फेसबूकमा कमेन्ट गर्दा पर्साका एक व्यक्ति पक्राउ

भदौ ८,पर्सा । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्र भट्टराईलाई थप्पड हान्नु पर्दैन ? भन्दै फेसबुक स्टाटसमा कमेन्ट लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

बारा सिम्रनगढ नगरपालिका ७ का शन्नीकुमार गुप्तालाई गालीगलौज गरेको भनी पक्राउ गरिएको हो । २५ वर्षीय गुप्ता पर्सामा श्री कंकाली अटो ट्रेडर्स सञ्चालन गर्दै आएका छन । सिडिओ कार्यालय जाँदा प्रोत्साहन गर्नुको सट्टा हप्काएर पठाएको भनी एक व्यक्तिले केही दिनअघि फेसबूकमा स्टाटस पोस्ट गरेका थिए । त्यसको कमेन्टमा उनले थप्पड हान्नुपर्दैन भन्दै चप्पल निकालेर मुखमा हान्नुपर्छ भनी कमेन्ट गरेका थिए। पक्राउ परेका गुप्तालाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *