प्रतिनिधिसभाका सांसद यादवले दिए राजीनामा
साउन २८, काठमाडौं । प्रतिनिधि सभाको सांसद डा. सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन् ।
आफ्नो स्वास्थ्यमा समस्या भएको बताउँदै सांसद यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनापत्र दिएका हुन् । उनको राजीनामा स्वीकृत भने भएको छैन ।
null
‘मेरो स्वास्थ्यका कारणले म जनप्रतिनिधिको भूमिका निर्वाह गर्न असमर्थ भएको हुँदा राजीनामा दिएको छु’, यादवले सभामुखलाई बुझाएको राजीनामापत्रमा उल्लेख छ । यादवले आफूलाई मधुमेह, उक्त रक्तचाप लगायतका समस्या रहेको पनि राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यादव तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ बाट निर्वाचित सांसद हुन् । अहिले भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीचको एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।
यादव चिकित्सक समेत हुन्। उनले राजीनामा दिने सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको बताइएको छ । दलको औपचारिक पत्र आएपछि सभामुखले राजीनामाबारे निर्णय लिनेछन् ।