सञ्चारमन्त्रीले ढाँटे, डेंगु रोग सरकारको काबु बाहिर, नियन्त्रण गर्न सुरक्षाकर्मी !

भदौ १३, काठमाडौँ । आजको कान्तिपुर दैनिकले भिडियो कन्फ्रेन्सको विषयलाई ‘हेलो गरेको कि मन्त्रिपरिषद् बैठक ?’ शीर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक नबसेको र कुनै निर्णय पनि नगरेको दाबी गरेका छन्। कन्फ्रेन्समा कुनै एजेन्डा प्रस्तुत नगरेको जिकिर गर्दै उनले समान्य विषयलाई आधार बनाएर विपक्षीले भ्रम फैलाएको तर्क गरे ।   

आजको राजधानी दैनिकले डेंगु रोका विषयमा समाचार प्रकाशित गरेको छ । राजधानी दैनिकका अनुसार प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ ।   

डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ । डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् । 

null

त्यसैगरी डेंगु रोककै विषयमा आजको अन्नपूर्ण पोष्टले ‘डेंगु रोक्न सुरक्षाकर्मी’ शीर्षकमा समाचार लेखेको छ । अन्नपूर्ण पोस्टका अनुसार डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।   

चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलोपटक सेना प्रहरीको सहयोग लिएको सुनाए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *