द भ्वाइस अफ नेपालको ब्लाइण्ड एपिशोडमा झुप्रीले रुवाइन निर्णायकलाई

  

भाद्र ८, काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारित द भ्वाइस अफ नेपालको दोस्रो संस्करणको ब्लाइण्ड एपिसोडले यतिबेला रियालीटी शोमा राम्रै चर्चा कमाएको छ ।   

खासगरी ग्रामिण भेगमा लुकेर रहेका प्रतिभाहरुलाई प्लेटफर्म दिएको भ्वाइस अफ नेपालको चौथो एपिसोडमा आएकी अछामकी झुप्री भण्डारीले चारै दर्शकको मन मात्र जितिनन्, सम्पूर्ण टेलिभिजन दर्शकले समेत रुचाए ।   

दृष्टिविहिन झुप्रीको स्वर सुनेर द भ्वाइसका निर्णायक मध्येका गायक राजु लामाले झुप्रीको आँट साहस देखेर आफु भावुक भएको बताए । उनले झुप्रीले गाएको अछामको ठाडो भाकालाई रुचाए ।  

  

अर्की निर्यायक आस्था राउत समेत झुप्रीको आवाज सुनेर भावुक भइन् । ‘काठमाडौं राजधानीमा स्वागत छ हजुरलाई’ भनेर आस्थाले स्टेजमै गएरझुप्रीलाई अंगालो मारिन् ।   

दीप श्रेष्ठले पनि झुप्रीले गाएको भाका सुनेर फर्किएको बताए । गायक तथा निर्णायक प्रमोद खरेलले झुप्रीलाई भ्वाइस अफ नेपालको स्टेजमा ल्याइ पुर्याउने कमल भण्डारीलाई धन्यवाद थिए ।   

झुप्री भण्डारी अछामका विभिन्न गाउँहरु र बाटोघाटोमा गाउँदै हिड्ने गरेकी थिइन् । दृष्टिविहिन झुप्रीलाई गाउँघर परिवारमा अपाङग भनेर सबैले हेला गर्ने गरेको कमल भण्डारीले बताउँदा द भ्वाइस अफ नेपालको स्टेज नै भावुक भएको थियो ।   

झुप्रीलाई निर्णायक आस्था राउतले प्रशिक्षण दिने भएकी छिन् ।   

हेर्नुहोस भिडियो 

https://youtu.be/MieNX1HfE2Y 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *