काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै

भाद्र ११, काठमाडौँ । बुधबार दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बस्ने भएको छ ।         

असार २२ गतेदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बुधबार पुनः पार्टी कार्यालय सानेपामा बस्न लागिएको हो ।   

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार  साउन २९ मा स्थगित बैठकलाई निरन्तरता दिन बैठक पुनः बस्ने भएको हो ।   

उनका अनुसार आज बस्ने बैठकमा  विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन, विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुनुको साथै भाद्र २४ का  लागि पूर्व निर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका विषयमा पनि छलफल हुनेछ ।   

करिब ८ महिनादेखि विघठित नेविसंघको विषय पेचिलो बनेको छ । ठोस सहमति हुन नसकेको कारण आज  पनि बैठक बस्नु अगाडी नै नै शीर्ष नेताहरुबीच समझदारी जुटाउन अनौपचारिक छलफल हुने यस बैठकमा सहभागी हुने एक नेताले जनाएको छ । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *