अपराध नियन्त्रण गर्न कंलकी देखि नागढुंगा सम्म सिसि टिभि जडान

 

साउन ३०, काठमाण्डौ । राजधानीको चन्द्रागिरिमा हुने अपराधीक कृयाकलपालाई निरुसाहीत गर्न सरोकारहरुको बैठक सम्पन्न भएको छ । 

चन्द्रागिरि हिल्सको भालेश्वर मन्दिरमा सम्पन्न वैठकले राजधानीकोमा वढ्दो अपराधीक कृयाकलाप रोक्न र मुख्य नाकावाट हुने अपराधी गतिविधीहरुलाई कन्ट्रोल गर्न, वढ्दो चोरी, लुटपाट, लागुऔषध नियन्त्रण गर्न सराकारवाला निकाय विच छलफल भएको हो । 

null

समुदाय प्रहरी साझेदारी चन्द्रागिरि पालिकाको बैठकमा बोल्दै चन्द्रागिरि नगपालिकाका नगर प्रमुख घनश्याम गिरीले वढ्दो अपराध नियन्त्रण कम गर्न समुदायमा आधारित जनचेतना मुलक कार्यक्रम सञ्चालनमा जोड दिनु पर्ने बताए । 

 

नगर प्रमुख गिरीले राजधानी छिर्ने र वाहिरीने मुख्य नाका भएका कारण सुरक्षा चुनौती निकै भएको कारण डिजिटल प्रविधिमा जोड दिदैं पहिलो चरणमा कंलकी देखी नागढुगा सम्मको सडकमा सिसि टिभि जडान गरिने वताए । 

महानगरीय प्रहरी वृत्त थानकोटको प्रमुख प्र.ना.उ. कुमार विक्रम थापाले राजधानीमा वढ्दो लागुऔषध नियन्त्रणमा आफुहरुले सक्दो भुमिका खेलेको बताए । थापाले गत आर्थिक बर्ष २०७५/०७६ मा १४४ वटा लागुऔषध मुद्धामा १९९ जना लागुऔषध सेवन तथा खरिद्ध विक्री गर्ने विरुद्ध कारवाही गरिएको जानकारी दिए ।  

 

चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेका विद्यालय वरपर सुर्ती जन्य पदार्थ विक्रि वितरण गर्न रोक लगाउने निर्णय समेत बैठकले गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले निर्णय सगै कार्यान्वयनमा पनि जानु पर्ने हुँदा विद्यालय वरपर रहेका पसलहरुलाई सुर्ती जन्य पदार्थ निषेधित गर्न पहिलो चरणमा जानकारी तथा चेतावनी दिने र दोश्रो चरणमा कारवाही गरिने बताए । 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकामा हुने समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी वनाउन नीति तथा कार्यक्रम समेत पास गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *