भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् नबसेकाे भन्दै यसरी ढाँटे सरकारका प्रवक्ताले संसदलाई

भाद्र १२, काठमाडौं । मंगलबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदको बैठक नबसेको भन्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदमा झुट बोलेका छन् । 

प्रधानमन्त्री स्वयंले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको भन्दै मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवाद दिइरहँदा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने सार्वभौम संसदलाई नै ढाँटेका छन् ।   

मंगलबार भिडियो कन्फरेन्समार्फत बसेको मन्त्रिपरिषदको बैठक विवादित बनेपछि बिहीबार त्यसबारे संसदलाई जानकारी गराउँदै सोमबार मन्त्रिपरिषद् बैठक नबसेको भन्दै मन्त्री बाँस्कोटाले संसदमा झुट बोले । 

बाँस्कोटाले संसदमा त्यस दिन प्रधानमन्त्रीसँग भिडियो मार्फत सामूहिक कुराकानी मात्र भएको भएको बताएपनि प्रधानमन्त्रीले ट्विटर मार्फत मन्त्रिपरिषद् बैठक सफल भएको भन्दै सबैलाई धन्यवाद नै दिएका छन् ।   

संसदमा बोल्दै मन्त्री बांस्कोटाले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् नबसेको जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी मात्र लिएको संसदलाई जानकारी दिए ।   

‘त्यो दिन मन्त्रिपरिषद्को कुनै एजेण्डा थिएन । सबै मन्त्री जम्मा भएर प्रधानमन्त्रीसँग स्वास्थ्यस्थितिको बारेमा जानकारी लिइएको हो ।’ संसदमा बाँस्कोटाले भने । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटरमा भनिएको छ ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत  मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।’ 

प्रधानमन्त्रीले नै मन्त्रिपरिषद बैठक भिडियो कन्फरेन्समार्फत बसेको सार्वजनिक गर्दा सरकारका प्रवक्ताले चै किन संसदमा झुट बोले ?   

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललेसमेत ट्वीट गरेर भिडियोमार्फत मन्त्री परिषद्को बैठक बसेको भएको जानकारी गराएका थिए । उनले लेखेका छन् ‘सिंगापुर देखि काठमाडौंः पहिलो पटक टेलिकन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्दै’ 

संसदमा बोल्दै मन्त्री बास्कोटाले भिडियोमार्फत मन्त्रिपरिषद् बैठक गर्नु कानुनसम्मत भएको बताउँदै कार्याविधि संशोधन गरेरै उक्त व्यवस्था गरिएको जानकारी गराएका छन् । 

‘प्रविधि र सुरक्षासँग जोडेर प्रश्न उठाइए पनि यो सार्वभौमसत्तासँग जोड्नु पर्ने विषय होइन । यस विषयलाई यसरी प्रस्तुत गरियो कि प्रधानमन्त्रीले बाहिर गएर बोल्नु नै हुँदैन’, मन्त्रीले भने ‘रसिया र अमेरिकाका राष्ट्रपतिले मन्त्रीहरुसँग हेलिकप्टरबाटै कुरा गर्छन् । उनीहरुको बारेमा प्रश्न उठेन, हाम्रो चाही उठाउँनु पर्ने ?’ 

सरकारका प्रवक्ताले सार्वभौम संसदलाई नै ढाँटेपछि प्रमुख प्रतिपक्षका सांसदले विरोध गरेका छन् । ‘प्रधानमन्त्रीले नै भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको भनेको अवस्थामा प्रवक्ताले संसदलाई ढाँटेर सार्वभौम संसदको खिल्ली उडाए ?’ एक कांग्रेसी सांसदले मकालु खबरसँग भने । उनले बर्तमान सरकार झुटको पुलिन्दामा भनिएको जिकिर गर्दै बकम्फुसे कुरा गर्ने प्रधानमन्त्री भएको देशमा सरकारका प्रवक्ताले संसदमा झुट बोल्नु कुनै आश्चर्य नभएको बताए । ‘सिंगापुरबाट प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसियो भन्दै धन्यवाद दिन्छन्, यता संसदमा प्रवक्ता मन्त्रिपरिषद् बैठक बसिएन भन्छन्, उदेक छ यो देशमा ।’ उनले भने । 

भिडियो कन्फरेन्समार्फत सञ्चालन गरिएको मन्त्रिपरिषद् बैठकको प्रतिपक्षि कांग्रेस लगायत सत्तारुढ पार्टी भित्रै विरोध भएको छ । 

कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीको ट्विटमा रिट्विट गर्दै झुट बोले कौवा काटे भन्दै ब्यङ्ग्य गरेक छन् ।कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीको ट्विटमा रिट्विट गर्दै झुट बोले कौवा काटे भन्दै ब्यङ्ग्य गरेक छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *