संसद्‌को कृषि समितिबाट पारित भयो भूमिसम्बन्धी विधेयक

 

साउन २३, काठमाडौं । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । 

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेस गरेको सो विधेयक पारित गरेको हो । 

null

समितिका सदस्य, संशोधनकर्ता सांसदहरु र विज्ञहरुसहितको सुझावलाई समेटेर सो विधेयक पारित गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्। उनले समितिले पारित गरेको सो विधेयक छिट्टै प्रतिनिधिसभामा पेस गर्ने पनि जानकारी दिइन्। 

समितिको २ महिनायताको छलफलपछि पारित गरिएको सो विधेयकमा २०७६ साल असार मसान्तभन्दा अघि नेपाल सरकारको स्वीकृति नलिई कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले हदबन्दी भन्दा बढी जग्गा खरिद गरी उपयोग गरिरहेको छ भने एकपटकको लागि ती जग्गाहरु सम्बन्धित कम्पनीका लागि उपयोग गर्न दिने प्रावधान राखिएको छ । 

त्यसैगरी सहरी क्षेत्रका भूमिहीन सुकुम्बासीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले आवास उपलब्ध गराउन वा सामूदायिक बसोबासको व्यवस्था मिलाउन वा जग्गा विकासको माध्यमबाट जग्गा उपलब्ध गराउनसक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । 

सभापति सुवेदीले पारित विधेयकमा सरकारी कार्यालय भवन निर्माणका लागि गौचरनको जग्गा नेपाल सरकारको स्विकृति लिएर प्रयोग गर्न सकिने प्रावधान पनि विधेयकमा राखिएको बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *