ग्याँसको मुल्य घट्दा पेट्रोल र डिजल तथा मटितेलमा कति बढ्यो ?
मकालु खबर
२०७६ साउन २२ गते
साउन २१, काठमाडौं । पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बृद्दि भएको छ । नेपाल आयल निगमले पेट्रोल लिटरमा १ रुपैयाँ डिजेल र मटितेलमा ५० पैसा मुल्य बृद्दि गरेको जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २५ रुपैयाँले घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ हुँदा डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ । यस अघि सर्वसाधारणले एक सिलिण्डर ग्याँसको रु १४ सय तिर्नुपर्दथ्यो ।
मकालु खबर
२०७६ साउन २२ गते
प्रतिक्रिया