मदिरा सेवन गरेर विमान चढेका एनआरएनए अध्यक्ष भट्टलाई क्याप्टेनले भने– ‘आई क्यान नट फ्लाई विथ यू’

भदौ ८, काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए) अध्यक्ष भवन भट्टलाई विमानबाट बाहिर निकालिएको छ । काठमाडौँबाट सिंगापुर जानका लागि सिल्क एयरको विमान चढेका भट्टलाई मदिरा सेवन गरेका कारण विमानबाट बाहिर निकालिएको बताइएको छ ।   

बोर्डिङ पाससमेत लिएर विमानको सिटमा बसिसकेका भट्टसहित उनीसँगै रहेका सनत न्यौपानेलाईसमेत ‘क्रु मेम्बर’ले बहिर निकालेको थियो । विमानबाट आफूहरुलाई बाहिर निकालिएको न्यौपाने आफैंले फेसबुकमा अडियो लाइभमाफर्त बताएका हुन् । उनले भनेका छन्, ‘एयरलाइन्समा बोर्ड गरेर सिटमा  बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्यो ।’ 

न्यौपानेका अनुसार अध्यक्ष भट्ट र उनी बिजनेस मिटिङहरुमा सहभागी भएका थिए भने सोही क्रममा मदिरा सेवन गरेका थिए । मिटिङ पश्चात उनीहरु सिंगापुरका लागि निस्किएका थिए ।   

null

भट्ट र न्यौपाने दुवै जना प्रधानमन्त्रीलाई भेट्न र बिजनेसका विषयमा छलफल गर्न सिंगापुर जानका लागि सिल्क एयरको टिकट लिएको पनि न्यौपानेले बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *