पुडासैनी आत्महत्या प्रकरणः रविलाई भेट्न दीपक र दीपासहित कालाकारको टोली चितवनमा

भदौ ८, चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भिट्न कलाकार दिपकराज गिरी र दिपा श्री निरौलासहितको टोली चितवन पुगेको छ ।   

शनिबार काठमाडौँबाट हिँडेको टोली राति नै चितवन पुगेको थियो भने टोलीले लामिछानेलाई आइतबार बिहान भेट गरेको छ ।  टोलीमा  दीपक र दीपासहित कलाकारहरु निर्मल शर्मा, केदार घिमिरेलगायत रहेका छन् ।   

यसैबीच रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार (आज) जिल्ला अदालत चितवनमा पेश गरिएको छ । पत्रकार पुडासैनीको आत्हत्या प्रकरणमा छानविनका त्रममा उनीहरुमाथि थुनछेक बहस जारी छ । उनीहरुलाई अझै थुनामा राख्नका लागि म्याद थप गर्ने वा रिहाई गर्ने भन्ने विषयमा आजको बहसपछि टुंगो लाग्ने छ ।   

null

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *