प्रतिनिधि सभामा आजः भ्रष्टाचारदेखि ट्याक्सीको ठगीसम्म

 

साउन २६, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले बेनीघाट बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी हुन नसकेको भन्दै आक्रोश पोखेका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले शुक्रबार सर्लाहीको मलंगवाबाट आएको रात्रीबस बेनीघाटमा दुर्घटना हुँदा २५ जना बढी हराएको विषय उठाउँदै तत्काल खोजी गर्न सरकारसँग माग गरे । सरकारले तत्काल खोज र उद्धार गर्न नसकेको उनको आरोप छ । 

null

उनले भने–‘यो देशमा सरकार छ कि छैन, सरकारले जनताको जिउ धनको सुरक्षा गर्न खोजेको हो कि हैन ? सरकार के भष्ट्रचार गर्नका लागि मात्र हो ? सडकमा सुरक्षा, रात्रीबसमा दुईजना चालक राख्ने कुरामा सरकार अहिले पनि गम्भीर हुन सकेको छैन । त्यो घटनामा परेको, बेपत्ता भएको व्यक्तिको शव निकाल्ने काम हुन सकेको छैन ? सरकारले तत्काल खोजी गर्नुपर्यो ।’ 

यस्तै सांसद गगन थापाले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न माग गरे । 

उनले संसदको शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए । 

विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे उनले नियमको कार्यान्वयन किन नभएको ? भन्दै सभामुखलाई प्रश्न गरे । 

त्यसैगरी सांसद नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीको ठगीबारे उल्लेख गरिन् । उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपैयाँसम्म बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् । 

उनले भनिन्, ‘ट्याक्सी ड्राइभरले हामीलाई मर्कामा पारेका छन् । मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामीलाई ठगिको शिकार बनाउने गरेका छन् । ट्याक्सी मर्कामा परेको छ भने छलफल गर्नुपर्यो, हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुपर्यो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *