तातिँदै पृथ्वी, वैज्ञानिकले दिए यस्तो चेतावनी

काठमाडौं, १८ साउन । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ । वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् । 

तीव्र औद्योगिककीकरणका कारण सन् १८५० देखि सन् १९०० सम्मको अवधि अत्यधिक तातेको थियो । त्यसयता १ डिग्री तापक्रम बढिसकेको छ । यसलाई वैज्ञानिकहरूले अत्यन्त जोखिमपूर्ण मानेका छन् । बीबीसीले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ ।विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =