प्रकाश सपूतले काठमाडौंमा बनाए घर (८ तस्विर)
साउन २०, काठमाडौं । बहुचर्चित गीत ‘गलबन्दी’, ‘बोलमाया’ का गायक तथा सर्जक प्रकाश सपूतले काठमाडौँमा आफ्नै नयाँ घर बनाएका छन् ।
उनले संगीत पेशाबाटै घर बनाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले सातौँ बैवाहिक वर्ष गाठसँगै काठमाडौंमा आफ्नै सानो नयाँ घर बनाएका छौँ । नितान्त संगीत कर्मले दिएको हो यो उपलब्धि । मैँले यो बीचमा व्यवसायिक रुपमा अरु केही काम गरिनँ र गर्न जानिनँ र गर्न सकिनँ । मेरो विशुद्ध सांगितिक कमाई भनुम न ।’
null
उनले घर सरेका दिनमा शुरुका दिनमा आश्रय दिने, काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने, माया दिने देश विदेशका सबै जनालाई धन्यवाद ज्ञापन गरे ।
उनले आफूले आर्थिक स्थितिलाई कसैको व्यक्तित्वसँग जोडेर कहिल्यै नहेर्ने पनि बताए । उनले लेखेका छन्, ‘म त्यस्ता धेरै व्यक्तित्वहरुसँग प्रभावित छु, जो आर्थिक रुपमा सधै साधारण नै रहे । अरु केही बेसिक कुराहरुको व्यवस्थापन हुन यो वर्ष दौडनु नै पर्ला । अर्को वर्षदेखि म अझै बढि स्वतन्त्र हुनेछु । अझै साधारण । अझै फकिर । ज़िन्दगी सबैथोक पुगेर होइन जानेर जिउने हो । हेर्नुन, अघिल्लो वर्ष हामीले ब्लायक कलर म्याच गरेर फोटो खिच्यौ यसपाली ह्वाईट । ठुलो कुरा होइन नि ! तर यत्तिकै खुशी क्या ।’