हुम्लाः हेलिकप्टरबाट सुत्केरीको उद्धार
२०७६ साउन २९ गते

साउन २८, हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।
महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्।
बुढालाई जिल्ला अस्पताल पुर्याएसँगै त्यहाँका चिकित्सक सरोज प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन् । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ छ । रासस
null
२०७६ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








