मोदी कार्यकालमा अवसर खेर नफालौँ– पूर्व परराष्ट्रमन्त्री लोहनी

 

साउन २९, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताएका छन् । 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष लोहनीले यस्तो बताएका हुन् । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड छ । 

null

नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको भन्दै उनले भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्ने उनको भनाइ छ । 

दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘गहन सरसल्लाह गरेर बढ्न सके नेपाल र भारत दुवैको हित हुन्छ ।’ 

नेपालले भोगिरहेको व्यापार घाटाको समस्या समाधानका लागि निर्यात वृद्धि अनिवार्य रहेको पनि उनले स्पष्ट पारे । भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने उनले बताए । 

नेपालमा भारतले सुरक्षा चासो दिने गरेको उल्लेख गर्दै नेपाल–भारतले आफ्नो भूमिमा भारतविरोधी गतिविधि हुन नदिने सुनिश्चितता गराउनुपर्ने बताए । दुवै देशबीच विश्वासको वातावरण बढ्न सके एक अर्काको हितमा योगदान पुग्ने उनको विश्वास छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *