भक्तपुरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एकको मृत्यु

  

भाद्र ६, काठमाडौँ । शुक्रबार बिहान मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ५ का २२ वर्षका राजेश गोजा रहेका छन् भने घाईते हुनेमा स्कुटर चालक प्रविण लोहला रहेका छन् ।   

null

भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नम्बरको मोटरसाइकल र  कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा।६७ प ६७५४ नम्बरको स्कुटर  मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा एक आपसमा ठोक्किएका उक्त दुर्घटना हुन पुगेको हो । 

 दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाइकल चालक गोजाको उपचारको क्रममा मृत्यु भएको हो भने घाईते स्कुटर चालकको उपचार भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *