नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् एजेण्डा

  

साउन ३०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । 

ढिलो गरी सुरु भएको बैठकमा पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने तथा स्कुल विभागको नेतृत्वबारे छलफल हुनेछ । आज दिउँसो ३ बजेका लागि बैठक डाकिएको थियो तर नेताहरू आन्तरिक तयारीमै व्यस्त रहेपछि ४ बजेलाई सारिएको हो । 

null

बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरेको बताइएको छ । आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यविभाजन, केन्द्रीय निकाय, विभाग र विशेष कमिटीबारे छलफल हुनेछ । सचिवालयका एक नेताका अनुसार दुई पटकसम्म स्थगित भएको बैठक आज निश्कर्षमा पुग्नेछ । 

यसअघि १३ साउनमा बसेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन बारे छलफल भएको थियो । साथै केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन समेत दिइएको थियो । 

स्कूल विभागको विवाद नमिल्दा त्यसपछि बस्ने भनिएको बैठक स्थगित हुँदै आएको थियो । 

स्कूल विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गर्दै आएका छन्। आज यसबारे पनि छलफल हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *