फेरि सर्यो प्रधानमन्त्री ओलीको स्वदेश फर्कने मिति

 

                                                                   फाइल तस्विर 

साउन २६, काठमाडौं । स्वास्थ्योपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) मात्रै स्वदेश फर्कने भएका छन् । 

null

प्रम ओली सुरुमा शुक्रबार नेपाल फर्कने कार्यतालिका थियो । त्यसपछि आइतबार फर्कने भनेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेका कारण कार्यतालिका लम्बिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने सम्भावना रहेको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनको अवस्था अहिले सामान्य रहेको तथा स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *