विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट सरकार दुई तिहाईको आडमा अधिनायकवादतर्फ उन्मुख हुन लाग्योः पूर्वमन्त्री बस्नेत

भदौ ४ काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् ।   

मंगलबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कायक्रममा पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले  विश्वबाटे लोप हुँदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकवादतिर उन्मुख हुन लागेको उनले आरोप लगाए ।   

उनले सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘हामीले संघीय संविधानलाई स्विकारेका छौं । प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो । मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ ।’ उनले भने ।   

मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावानाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए ।   

उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढिकरण गर्ने प्रस्ट पारे । नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए ।  उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *