इंग्लिस प्रिमियर लिग फुटबलः टोटनह्यामद्वारा एस्टोन भिल्ला ३-१ गोल अन्तरले पराजित

साउन २६, एजेन्सी । इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा टोटनह्यामले एस्टोन भिल्लालाई ३–१ गोलअन्तरको पराजित गरेको छ । 

लन्डनस्थित टोटनह्याम हट्स्पर रंगशालामा स्थानीय समयअनुसार शुक्रबार साँझ ५ः१५ मा भएको पहिलो खेलको अन्तिम ४ मिनेटसम्म एस्टोन भिल्ला र टोटनबीच बराबरीमा खेल भइरहेको थियो । खेलको अन्त्यतिर टोटनह्यामका तर्फबाट ह्यारी केनले खेलको अन्त्यतिर २ गोल गरेपछि ३–१ गोल अन्तरले टोटनह्याम विजयी भएको हो । 

पहिलो हाफको नवौं मिनेटमै एस्टोन भिल्लाले जोन कजिनको गोलमार्फत अग्रता बनाएको थियो भने ७३ औं मिनेटमा टानगोए एनडोम्बेलेले बराबरी गोल फर्काएका थिए । 

null

खेल सकिन ४ मिनेट बाँकी छँदा स्ट्राइकर ह्यारी केनले अग्रता दिलाए । त्यसको चार मिनेटपछि केनले नै व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्यामको जित निश्चित बन्यो । उनले मोउसा सिसिकोको पासमा गोल गरेका हुन् । 

शुक्रबारै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले वेष्टह्याममाथि ५-० को फराकिलो जित निकालेको थियो । टोटनह्याम गत सिजन प्रिमियर लिगको पाँचौं स्थानमा थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *