एन आई सी एशियाको वोनश तथा नगद लाभांश घोषणा

भाद्र ११, काठमाडाैँ ।  एन आई सी एशिया बैंक लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५÷०७६ को वोनश तथा नगद लाभांश दिने घोषणा गरेको छ ।   

बैंकले आफ्ना शेयरधनीलाई  प्रति शेयर रु.१० (१०%) ले हुन आउने रकम रु. ८८,३४,२२,८७०/– शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६%) ले हुन आउने रकम रु. ९७,६४,१४,७५१/– नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको हाे । 

 उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनी महानुभावहरुलाई वितरण गरिनेछ । 

Image result for एन आई सी एशिया

बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बावजुद पनि बैंकले आर्थिक वर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी (EPS) र शेयर पुँजी तथा कोषमा प्रतिफल (ROE) क्रमशः रु.३४.२२ र २२.७३% आर्जन गर्न सफल भएको छ ।   

यस बैंकले मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान  गर्दै आईरहेको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *