पत्रकार पुडासैनी आत्महत्या प्रकरणः प्रदर्शनमा उश्रृङखल गर्ने १४ जनामाथी मुद्धा दर्ता

भद्र ४, काठमाडौँ । चितवन प्रहरीले संचारकर्मी रबी लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनको क्रममा पक्राउ परेका १४ जनामाथी मुदा गरेको छ ।   

प्रदर्शनका क्रममा पक्राउ परेका २३ जना मध्य १४ जना बिरुद्ध मुद्धा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन् ।   

उनका अनुसार प्रदर्शनको क्रममा  उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरिएको हो ।   

 प्रदर्शनमा उत्रेका साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र मंगलबार ९ जना गरी जम्मा २३ जनालाई पक्राउ गरिएको नायव उपरिक्षक  कोईरालालेे जानकारी दिएका छन् ।  

प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने उनले चेतावनी समेत दिएका छन् । 

शालिकराम आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवी लामिछाने सहित युवराज कँडेल, रुकु भन्ने अस्मिता कार्कीलाई साउन ३२ गते प्रहरीले पक्राउ गरिएको थियो । 

जनप्रिय पत्रकार लामिछाने पक्राउ परेपछी उनको रिहाईको माग गर्दै  चितवनमा दैनिक जसो प्रदर्शन हुन थालेको छ । अरुबेलाको प्रदर्शनमा उश्रृङखल देखिए पनी आज सातौ दिनको प्रदर्शन शान्तीपूर्ण छ  भएको छ । 

आज भएको प्रदर्शनमा  भरतपुरको चौविसकोठीमा जम्मा भएका उनका समर्थकहरुले गीत गाउँदै  शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  यसअघिका दिनका प्रदर्शन शान्तीपूर्ण नभएका कारण प्रहरीसंग पटक–पटक झडप हुने गर्थ्याे ।   

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *