अष्ट्रेलियामा रहेको नेपाली दूतावासले अब हस्तलिखित राहदानी नदिने

काठमाडौं, २१ साउन । अष्ट्रेलियामा रहेको नेपाली दूतावासले अब हस्तलिखित राहदानी पासपोर्ट नदिने भएको छ । दूतावासबाट अष्ट्रेलिया तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अष्ट्रेलियाको भिसालगायत अध्यागमन सहजताका लागि मात्र तत्काल राहदानी आवश्यक परेको अवस्थामा हस्तलिखित अस्थायी राहदानी दिँदै आएको थियो । 

 

तर, अस्थायी राहदानीवाहकहरूले जानकारीको अभावमा त्यस्तो राहदानीमा यात्रा गर्दा अष्ट्रेलियाको अध्यागमनमा, ट्रान्जिट मुलुकको अध्यागमनमा र नेपालको अध्यागमनमा समेत समस्यामा परेको भन्दै भदौ १ देखि हस्तलिखित राहदानीलाई पूर्णरूपमा विस्थापित गरी यन्त्रवाचक राहदानी एमआरपी मात्र वितरण गर्ने जनाएको छ । 

null

दूतावासले अष्ट्रेलिया, न्युजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले आफ्नो आवश्यकतालाई ध्यानमा राखी समयमा नै एमआरपी बनाउनका लागि निवेदन दिन दूतावासले भनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *