नेकपा सचिबालयले तोक्यो जिल्ला, जनसंगठन र विभागका प्रमुख उपप्रमुख (सुचि सहित)

भाद्र ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सह–इञ्चार्जहरु थपेको छ । महासचिब विष्णु पौडेलका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको हो । 

बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ । यो विभागको उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ । 

त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाल विदेश विभागको उपप्रमुखमा नियुक्त भएका छन् । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ । यो विभागको प्रमुख घनश्याम भुसाल छन् । नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज तोकिएको छ । 

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थप गरेको छ । त्यस्तै कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा वीरमान चौधरीलाई बनाएको छ । 

जनवर्गीय संगठनतर्फ सहइञ्चार्ज थप्ने क्रममा महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज बनाइएको छ । 

यसैगरी जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई चयन भएका छन् । खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ नियुक्त भएका छन् । शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्की चयन भएका छन् । जिल्लातर्फ सहइञ्चार्ज थपिएका छन् । थपिनेमा तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलाली छन् । 

यसैबीच पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्री चयन भएका छन् । 

नेकपामा कसले कुन जिम्मेवारी पाए ? 

भानुभक्त ढकालः राष्ट्रिय सुरक्षा विभाग प्रमुख 

डोरमणि पौडेलः प्रादेशिक मामिला विभाग उपप्रमुख 

बेदुराम भुसालः स्कूल विभाग उपप्रमुख 

बिष्णु रिजालः विदेश विभाग उपप्रमुख 

रामकुमार राईः सुरक्षा विभाग उपप्रमुख 

कमल चौलागाईः सहकारी विभाग उपप्रमुख 

प्रमेश हमालः नीति अध्ययन प्रतिष्ठान सहसंयोजक 

रामकुमारी झाँक्रीः इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज 

अमृता थापामगरः महिला संघ सहइन्चार्ज 

सीता पौडेलः महिला संघ सहइन्चार्ज 

सत्य पहाडीः कर्णाली सम्पर्क कमिटी इन्चार्ज 

वीरमान चौधरीः सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज 

सुरेश आलेमगरः आदिवासी जनजाति सहइन्चार्ज 

शेरवहादुर तामाङः आदिवासी जनजाति सहइन्चार्ज 

तिलक परियारः दलित मोर्चा सहइन्चार्ज 

बोमवहादुर विकः दलित मोर्चा सहइन्चार्ज 

महेश्वर दाहालः प्रेस संगठन सहइन्चार्ज 

केदार न्यौपानेः जनसांस्कृतिक महासंघ इन्चार्ज 

खगेन्द्र राईः जनसांस्कृति महासंघ सहइन्चार्ज 

जीवन घिमिरेः खेलकुद महासंघ सहइन्चार्ज 

अजम्बर काङमाङः खेलकुदु महासंघ सहइन्चार्ज 

हिक्मत कार्कीः शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज 

जिल्ला सहइन्चार्ज 

तिलकुमार मेन्याङबोः ताप्लेजुङ 

भगवती चौधरीः सुनसरी 

प्रमोदनारायण यादवः सिरहा 

हरिनारायण चौधरीः सिरहा 

चुडामणि जंगलीः कास्की 

दीपक देवकोटाः कैलाली 

रामचन्द्र साहः पर्सा इन्चार्ज 

बलराम खत्रीः मजदूर विशेष जिल्ला कमिटी सचिव 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *