नियन्त्रणमा आयो सुबिसु कार्यालयमा लागेको आगो

 

साउन २२, काठमाडौं । बालुवाटारस्थित सुबिसुको कार्यालयमा बुधबार मध्यान्ह लागेको आगो नियन्त्रणमा लिइएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा रहेको जेनेरेटरबाट आगो सल्किएको थियो । 

आगलागीले बालुवाटार वरपरको इन्टरनेट सेवा बन्द भएको छ भने अन्य ठाउँमा भने सुचारु भइसकेको छ । सुबिसुका सञ्चालक सुधीर पराजुलीले आगो नियन्त्रणमा आएको र सेवा सुचारु गर्ने प्रयास भइरहेको बताए । ‘७० प्रतिशत ठाउँमा इन्टरनेट चलिसकेको छ । बालुवाटारबाटै लाइन जोडिएको ठाउँमा भोलि बिहानसम्म सेवा सुचारु हुन्छ ।’ उनले भने । 

null

पराजुलीले टिभी सेवा भने सुचारु गर्न भोलि बिहानसम्म लाग्नेछ । सुबिसुले क्लियर टिभी नामको सेवा प्रदान गर्दै आएको छ । पराजुलीले क्षतिको विवरण भने आइनसकेको जनाउँदै यकिन गर्न नसकिने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =